सहकारीको अनियमितता व्यवस्थित गर्नुपर्ने चुनौती छ : आरजु राणा
आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा आफ्नो उम्मेदवारी पश्चात उनले आफू पहिलादेखि नै वनजङ्गलको क्षेत्रमा काम गर्दै आएको भन्दै उक्त क्षेत्रमा देखिएका चुनौतीलाई समाधान गर्ने उद्देश्यका साथ समितिमा आएको बताइन्।
काठमाडौं, भदाै १० : नेपाली काङ्ग्रेसकी सांसद आरजु देउवाले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सकारात्मक परिणाम दिन सक्ने आशा लिएको बताएकी छिन्।
आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा आफ्नो उम्मेदवारी पश्चात उनले आफू पहिलादेखि नै वनजङ्गलको क्षेत्रमा काम गर्दै आएको भन्दै उक्त क्षेत्रमा देखिएका चुनौतीलाई समाधान गर्ने उद्देश्यका साथ समितिमा आएको बताइन्।
उनले भनिन्, ‘नेपालले रिग्रिनिङ्मा अन्तरराष्ट्रिय रेकर्ड बनाएको छ। तर यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने सबै चुनौतीहरुलाई समाधान गर्न काम गर्न सक्छु भनेर म आएको र यसमा राम्रो परिणाम दिन सकिन्छ भन्ने आशा गरेको छ। म कृषकको पनि छोरी भएको हुनाले त्यो क्षेत्रमा के सुधार आवश्यक छ भन्ने हुनाले यो क्षेत्रमा काम गर्नु पर्छ भनेर आएको हो।’
यस्तै उक्त समिति जनताको दैनिक कार्यसँग सम्बन्धित समिति भएको हुनाले पनि यसमार्फत जनताको पक्षमा कामहरु गर्न सक्ने बताईन्।