Kathmandu Press

नेकपा एस भातृ संगठन युवा संघ नेपालभित्रको विवाद समाधान गर्न निर्देशन

पार्टी कार्यालय आलोकनगरमा आइतबार बसेको समाजवादीको सचिवालयले बैठकले समानान्तर भेला नगर्न र संगठनभित्रको विवाद समाधान गर्न निर्देशन दिएको हो।
नेकपा एस भातृ संगठन युवा संघ नेपालभित्रको विवाद समाधान गर्न निर्देशन

काठमाडाैं, भदाै १० : नेकपा एकीकृत समाजवादीले पार्टी भातृ संगठन युवा संघ नेपाल भित्रको विवाद समाधान गर्न निर्देशन दिएको छ।

पार्टी कार्यालय आलोकनगरमा आइतबार बसेको समाजवादीको सचिवालयले बैठकले समानान्तर भेला नगर्न र संगठनभित्रको विवाद समाधान गर्न निर्देशन दिएको हो।

युवा संघको इन्चार्जले पार्टीको निर्देशन युवा संगठनको बैठकमा सुनाउने र संगठनले लागू गर्ने नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। उनले युवा संघको समस्या समाधानका लागि सचिवालयले अन्य आवश्यक निर्णय गरेको जिकिर गरे।

शनिबार काठमाडौँका दुई फरक फरक स्थानमा युवा संघका दुई गुटले भेला आयोजना गरेको थियो। सङ्गठनका अध्यक्ष  नरेश शाही र उपाध्यक्ष नितेश पौडेलले फरक–फरक भेला आयोजना गरेपछि पार्टीले हस्तक्षेप गर्दै समाधानको पहल गरेको हो।

प्रकाशित मिति: १६:३० बजे, आइतबार, भदौ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्