Kathmandu Press

पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका सिंह उम्मेदवार

पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका सिंह उम्मेदवार

काठमाडौं, भदौ १० : सत्तारुढ दल माओवादी केन्द्रले आफूले पाएको पाएको एउटा संसदीय समितिको सभापति पद राप्रपालाई छाडेको छ।

सहमतिअनुसार पूर्वाधार विकास समितिको सभापतिमा दिपक सिंह उम्मेदवार बनेका छन्। माओवादीले सभापति बनेको भनेका माधव सापकोटाचाहिँ उनको प्रस्तावक बनेका छन्। समर्थकमा एमालेका प्रेमबहादुर महर्जन छन्। 

माओवादी र राप्रपाबीचको सहमतिअनुसार सभापतिमा सिंह उम्मेदवार बनेका हुन्। सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीचको भागबन्डामा माओवादीले पूर्वाधार विकास र कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति पाएको थियो।

प्रकाशित मिति: १५:०४ बजे, आइतबार, भदौ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्