Kathmandu Press

संसदीय समिति सभापतिमा कांग्रेसका आरजु राणा र रामहरि खतिवडाले दर्ता गराए उम्मेदवारी

आइतबार संघीय संसद सचिवालयमा गई उनीहरूले समिति सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्।
संसदीय समिति सभापतिमा कांग्रेसका आरजु राणा र रामहरि खतिवडाले दर्ता गराए उम्मेदवारी

काठामडौं, भदौ १० : प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति समिति सभापतिमा उम्मेदवारी दर्ता गरेकी छन्।

त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडाले उम्मेदवारी दिएका छन्। आइतबार संघीय संसद सचिवालयमा गई उनीहरूले समिति सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्।

प्रमुख दहरुले प्रतिनिधिसभाका १०, संघीय संसदका २ वटा संयुक्त गरी १२ वटा समितिको नेतृत्व भागबण्डा गरेका थिए। जस अनुसार कांग्रेसले ४, एमालेले ३, माओवादीले २, जसपा, एकीकृत समाजवादी र जनमत पार्टीले एक एक वटा समितिको नेतृत्व लिने सहमति भएको थियो।

कांग्रेसले पाएका चारवटा समितिमध्ये आइतबार दिउँसो २ जनाले मात्र उम्मेदवारी दर्ता गराएका हुन्। संसदीय सुनुवाइ समिति र अर्थ समितिमा उम्मेदवारी दर्ता हुन बाँकी छ।

 

प्रकाशित मिति: १४:५० बजे, आइतबार, भदौ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्