Kathmandu Press

शिक्षा तथा स्वास्थ्य समितिमा जोशीलाई उम्मेदवार बनाउने नेकपा एसको निर्णय 

आज बसेको सचिवालय बैठकले सत्ता गठबन्धनमा भएको सहमति अनुसार आफूहरूले पाएको शिक्षा समितिमा जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। 
शिक्षा तथा स्वास्थ्य समितिमा जोशीलाई उम्मेदवार बनाउने नेकपा एसको निर्णय 

काठमाडौं, भदाै १० : नेकपा एकीकृत समाजवादीले शिक्षा तथा स्वास्थ्य समिति भानुभक्त जोशीलाई उम्मेदवार बनाउने भएको छ।

आज बसेको सचिवालय बैठकले सत्ता गठबन्धनमा भएको सहमति अनुसार आफूहरूले पाएको शिक्षा समितिमा जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। 

भोलि हुने निर्वाचनको लागि आज ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ता हुँदै छ। बैठक पछि पत्रकारहरुसंग एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले  जोशीलाई सभापतिका लागि उम्मेद्वार बनाउने निर्णय भएको बताए । 

‘पार्टीका केही व्यवस्थापकीय कामहरूबारे छलफल भएको र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा बझाङ–१ बाट निर्वाचित सांसद भानुभक्त जोशीलाई दिईएको भएको छ,’ उनले भने ‘यसपटक संयुक्त समिति दुई र प्रतिनिधिसभा मातहतका १० विषयगत समितिमध्ये सत्तापक्ष नेपाली कांग्रेसले चार, नेकपा (माओवादी केन्द्र)ले दुई, नेकपा (एमाले) तीन, नेकपा (एकीकृत समाजवादी) एक, जनमत पार्टीले एक सिट पाउने गरी भागबन्डा भइसकेको छ । सत्ता साझेदारहरू र प्रमुख प्रतिपक्षीले त्यही अनुसार उम्मेदवारी दर्ताको तयारी गरेका छन्। ’

प्रकाशित मिति: १४:२६ बजे, आइतबार, भदौ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्