Kathmandu Press

‘तीन तहको सरकार सहज रुपमा सञ्चालन गर्न आवश्यक कानुन बनाउनुपर्छ’

उनले पछिल्लो सयम युवाहरु देश छोडेर पलायन भइरहेको बारे चिन्ता व्यक्त गर्दै सरकारले युवाहरुलाई स्वदेशमै काम गरेर खाने वातावरण मिलाउनुपर्ने बताए। उनले सरकार र सबै राजनीतिक दलहरुले यसबारेमा गम्भीर भएर सोच्नुपर्ने बताए।
‘तीन तहको सरकार सहज रुपमा सञ्चालन गर्न आवश्यक कानुन बनाउनुपर्छ’

काठमाडाैं, भदाै १० : कांग्रेस नेता प्रकाशमान सिंहले तीन तहको सरकारलाई सहज रुपमा सञ्चालन गर्न आवश्यक कानुन बनाउनुपर्ने बताएका छन्।

नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रथम महिला नेतृ मंगलादेवी सिंहको २७औं स्मृति दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित माल्यार्पण कार्यक्रममा नेता हिले संघले आवश्यक कानूनहरु निर्माण गरे स्थानीय तहले पूर्ण रुपमा आफ्ना काम, कारबाहीहरु अघि बढाउन सक्ने उल्लेख गरे।

उनले पछिल्लो सयम युवाहरु देश छोडेर पलायन भइरहेको बारे चिन्ता व्यक्त गर्दै सरकारले युवाहरुलाई स्वदेशमै काम गरेर खाने वातावरण मिलाउनुपर्ने बताए। उनले सरकार र सबै राजनीतिक दलहरुले यसबारेमा गम्भीर भएर सोच्नुपर्ने बताए।

त्यस्तै उनले नेपाल सबैका लागि भएकाले धर्मलाई राजनीतिसँग नजोडीकन सहअस्तित्वमा सद्भाव कायम गरेर अघि बढ्नुपर्ने बताए।

प्रकाशित मिति: १३:३० बजे, आइतबार, भदौ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्