ललिता निवास प्रकरणमा चार पूर्वमन्त्रीसहित २९० जनाविरूद्ध मुद्दा दायर
वकिलको कार्यालयले पूर्वप्रधानमन्त्रीसहित २९० प्रतिवादीहरूविरूद्ध किर्ते गरेर ललिता निवासको १४३ रोपनी जग्गा व्यक्तिका नाममा पुर्याएको अभियोग लगाएर कीर्तेमा मात्रै मुद्दा चलाउने निर्णय गरेको थियो।
काठमाडौं, भदौ १० : ललिता निवास प्रकरणमा चार पूर्वमन्त्रीसहित २९० जनाविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।
सरकारी वकिलाको कार्यालय काठमाडौंले मुद्दा दर्ता भएको जानकारी दिए। संगिठत अपराधमा मुद्दा नचलाउने भएपछि सरकारी वकिलको कार्यालयले पूर्वप्रधानमन्त्रीसहित २९० प्रतिवादीहरूविरूद्ध किर्ते गरेर ललिता निवासको १४३ रोपनी जग्गा व्यक्तिका नाममा पुर्याएको अभियोग लगाएर कीर्तेमा मात्रै मुद्दा चलाउने निर्णय गरेको थियो।
मुद्दा चलाइएका मन्त्रीहरूमा पूर्वउपप्रधान तथा भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी, पूर्वभूमि सुधार मन्त्री डम्बर श्रेष्ठ र पूर्वराज्यमन्त्री सञ्जयकुमार शाह छन्। पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरूद्ध भने मुद्दा चलाएकाे छैन। सिआइबीले प्रतिवेदनमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई साक्षीका रूपमा मात्रै पेस गरेको थियो।
किर्ते गरेकोमा पुरानो मुलुकी ऐनबमोजिम कैद र जरिवाना माग गरिएको व।जनाइएको छ। यो प्रकरणमा किर्ते गर्ने अरू सर्वसाधारणलाई १ वर्ष कैद र मन्त्री, सचिवलगायत सरकारी कर्मचारीलाई थप दुई वर्ष सजाय माग गनुर्का साथै १८ अर्बभन्दा बढी बिगो भराउन पनि यो मुद्दामा माग गरिएको छ।
ललिता निवासको १४३ रोपनी सरकारी जग्गा नक्कली मोही खडा गरी व्यक्तिमा नाममा सारेको प्रकरणमा सिआइबीले अनुसन्धान गरेर सरकारी वकिलाको कार्यालय काठमाडौंलाइ प्रतिवेदन बुझाएकाे थियाे।











