Kathmandu Press

ललिता निवास प्रकरणमा सचिव राउतविरुद्ध पनि मुद्दा

सिआईबीले सचिव राउतलाई मुद्दा नचलाउन राय दिए पनि सरकारी वकिलको कार्यालयले उनलाई पनि प्रतिवादी बनाउने निर्णय गरेको छ।
ललिता निवास प्रकरणमा सचिव राउतविरुद्ध पनि मुद्दा

काठमाडाैं, भदाै १० : ललिता निवास जग्गा प्रकरण मुछिएका वहालवाला सचिव कृष्णबहादुर राउतविरुद्ध पनि मुद्दा चलाइने भएको छ।

सिआईबीले सचिव राउतलाई मुद्दा नचलाउन राय दिए पनि सरकारी वकिलको कार्यालयले उनलाई पनि प्रतिवादी बनाउने निर्णय गरेको छ। उनीहरु सरकारी लिखत किर्तेको कसुरमा मुद्दा चलाउने तयारी सरकारी वकिलको कार्यालयको छ।

सरकारी वकिलको कार्यालयले ललिता निवास प्रकरणका २८६ आरोपीलाई किर्तेको कसुरमा मुद्दा चलाउने नभएको छ। सिआईबीले संगठित अपराधमा पनि मुद्दा चलाउन राय दिए पनि सरकारी वकिलको कार्यालयले किर्तेमा मात्र मुद्दा चलाउन लागेको हो।

राउतलाई प्रहरीले २४ असारमा पक्राउ गरेको थियो । तर बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई थुनामा नराखी अनुसन्धान गर्न आदेश दिएपछि रिहा भएका थिए।

प्रकाशित मिति: १३:०७ बजे, आइतबार, भदौ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्