Kathmandu Press

ललिता निवास प्रकरणमा जग्गा जफतकाे प्रयाेजनले ५२ जनाविरूद्ध मुद्दा दायर

किर्तेको अभियोग नभए पनि किर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गा जफत गर्ने प्रयोजनका लागि उनीहरुलाइ प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिलकाे कार्यालय काठमाडौं स्रोतको भनाइ छ।
ललिता निवास प्रकरणमा जग्गा जफतकाे प्रयाेजनले ५२ जनाविरूद्ध मुद्दा दायर

काठमाडौं, भदौ १० : ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ५२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ। उनीहरूबाट जग्गा जफत गर्न पनि मागदाबी लिइएको छ।

किर्तेको अभियोग नभए पनि किर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गा जफत गर्ने प्रयोजनका लागि उनीहरुलाइ प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिलकाे कार्यालय काठमाडौं स्रोतको भनाइ छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले जग्गा फिर्ताको मन्जुरीनामा दिनेमाथि पनि मुद्दा नचलाउन राय दिएको थियो।

प्रकाशित मिति: १२:४९ बजे, आइतबार, भदौ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्