Kathmandu Press

ललिता निवास प्रकरणम जोडिएका प्रजिअलाई मन्त्रालय तानियो

वैद्यमाथि मालपोत कार्यालय डिल्लीबजारमा हुँदा भूमाफियाको पक्षमा फर्जी कागजात बनाएर जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा छ।
ललिता निवास प्रकरणम जोडिएका प्रजिअलाई मन्त्रालय तानियो

काठमाडौं, भदौ १० : ललिता निवास जग्गा प्रकरणमा मुछिएका दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई गृह मन्त्रालय ल्याइएको छ। प्रजिअ वैद्यलाई मन्त्रालय ल्याएर जगेडामा राखिएको छ।

वैद्यमाथि मालपोत कार्यालय डिल्लीबजारमा हुँदा भूमाफियाको पक्षमा फर्जी कागजात बनाएर जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पनि मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ।

उनीसहित यो प्रकरणमा संलग्न सबैलाई आज अदालतमा मुद्दा दायार गर्ने तयारी सरकारी वकिलको कार्यालयको छ।

प्रकाशित मिति: ११:३५ बजे, आइतबार, भदौ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्