दोलखामा पहिरोले ४ घर बगायो
पहिरोले ओलीटारका राजकुमार ओली, कमलप्रसाद ओली, उद्ववप्रसाद ओली र डम्बरप्रसाद ओलीको घर बगाएको हो।
दोलखा, भदौ १० : दोलखामा पहिरोले चार घर बगाएको छ। अविरल वर्षापछि आएको पहिरोले विगु गाउँपालिका–३ ओलीटारमा ४ घर बगाएको हो।
पहिरोले ओलीटारका राजकुमार ओली, कमलप्रसाद ओली, उद्ववप्रसाद ओली र डम्बरप्रसाद ओलीको घर बगाएको हो।
शनिबार राति पहिरो आएको पहिरोमा मानवीय क्षति भने भएन्। चारै परिवारले भागेर ज्यान जोगाएका थिए। पहिरोले भैंसीलगायतका चौपायासहित धानखेत पनि पुरेको छ।
पहिरोले उत्तरको मुखणय सिंगटी माथिल्लो तामाकोशी लामाबगर सडक बगाएपछि गौरीशंकर र विगु गाउँपालिका केही वडा सडक सम्पर्कबाट विच्छेद भएका छन्।
प्रकाशित मिति: १०:५० बजे, आइतबार, भदौ १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











