सेयर बजारमा दोहोरो अंकको उछाल
काठमाडौं, फागुन ७ : नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यवधी समिक्षा सार्वजनिक गरेसंगै मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ ।
मौद्र....
काठमाडौं, फागुन ७ : नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यवधी समिक्षा सार्वजनिक गरेसंगै मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ ।
मौद्रिक नीतिमा राष्ट्र बैंकले व्याजदर घटाउने गरी अर्धबार्षिक समिक्षा सार्वजनिक गरेको भोलीपल्ट सेयर बजार २२.४४ अंकले बढेको छ । मंगलबार सवै सूचकको कारोबार अंक बढेको छ ।
बैंक तथा वित्तिय संस्थाको व्याजदर बढेको भन्दै व्यावसायीले घटाउन लविङ गर्दै आएका थिए । राष्ट्रबैंकले सोमबार राती व्याजदर घटाउनेगरी समिक्षामा सार्वजनिक गरेको थियो ।
बैंक तथा वित्तीय संस्थाको व्याजदर चर्को हुँदा सेयर बजार भन्दा बैंकको व्याजबाट उच्च प्रतिफल पाउने भएपछि सेयरमा लगानी घट्दै आएको थियो ।
राष्ट्र बैंकले बैंकहरुलाई कर्जाको माग पुरा गर्न प्राथमिक पूँजी बराबरनै विदेशी ऋण ल्याउने छुट समेत दिएको छ । समिक्षाको प्रभाव स्वरुप सेयर बजार २.०२ प्रतिशतले बढेर ११२४.९६ अंक पुगेको छ ।
मंगलबार २१ करोड ४५ लाख ८८ हजार ६ सय १९ रुपैयाँ बराबर ७ लाख १४ हजार ८ सय ७६ कित्ता सेयर कारोबार भएको छ । सवैभन्दा बढी अपर तामाकोशीको एक करोड २७ लाख रुपैयाँको कारोबार भएको छ । तामकोशीको एकै दिन ११ रुपैयाँले बढेर २३२ रुपैयाँ पुगेको छ ।