Kathmandu Press

‘जलवायु परिर्वतनका सवाल नीतिगत रुपमै सम्बोधन आवश्यक’

नेपाल जलवायु परिर्वतन सबैभन्दा बढी मारमा परेको भन्दै उनले अतिवृष्टि, अनावृष्टिलगायतका समस्या बढेकाले त्यसको न्यूनिकरणका लागि आवश्यक भूमिका खेल्न तयार रहेको बताए।
‘जलवायु परिर्वतनका सवाल नीतिगत रुपमै सम्बोधन आवश्यक’

काठमाडौं, भदौ ९ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल जलवायु परिर्वतनको सबैभन्दा बढी जोखिममा रहेको भन्दै त्यसलाई नीतिगत रुपमै सम्बोधन गर्न आवश्यक रहेको बताएका छन्।

काठमाडौंमा आयोजित पोलिसी हाकाथन अन इकोनोमी एण्ड क्लाइमेट एक्सन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वकै सबैभन्दा अग्ला हिमाल रहेको नेपालका हिमालय पग्लिने क्रम बढेको भन्दै   त्यसलाई रोक्न आवश्यक नीतिगत व्यवस्था जरुरी रहेको बताए।

‘कार्बन उत्सर्जनलाई न्यूनिकरण गर्न, प्रतिकुल परिस्थिति अनुकुल गर्न र व्यक्तिको अभ्यासमा परिर्वतन गर्न जरुरी छ,’ उनले भने ‘नेपाली कांग्रेसले यो विषयलाई सदैव प्राथमिकतामा राख्दै आएको छ। संसारकै सबैभन्दा अग्ला हिमालहरु भएको देश हाम्रो पर्यावरणका लागि महत्वपूर्ण छ । त्यसैले नीतिगत कुरासँग जोडेर यसलाई प्राथमिकता साथ अघि बढाउनु पर्नेछ।’

नेपाल जलवायु परिर्वतन सबैभन्दा बढी मारमा परेको भन्दै उनले अतिवृष्टि, अनावृष्टिलगायतका समस्या बढेकाले त्यसको न्यूनिकरणका लागि आवश्यक भूमिका खेल्न तयार रहेको बताए।

प्रकाशित मिति: १८:०८ बजे, शनिबार, भदौ ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्