Kathmandu Press

एकीकृत समाजवादीले मनायो पुनर्गठन दिवस

एकीकृत समाजवादी पार्टीलाई २०७८ भदौ ९ गते निर्वाचन आयोगले दर्ता प्रमाण पत्र प्रदान गरेको थियो । सोही दिनलाई समाजवादीले पुनर्गठन दिवस मनाएको हो।
एकीकृत समाजवादीले मनायो पुनर्गठन दिवस

काठमाडौं, भदौ ९ : नेकपा एकीकृत समाजवादीले पार्टी पुनर्गठनको दोस्रो वर्ष पुगेको अवसरमा पुनर्गठन दिवस मनाएको छ।
 
एकीकृत समाजवादी पार्टीलाई २०७८ भदौ ९ गते निर्वाचन आयोगले दर्ता प्रमाण पत्र प्रदान गरेको थियो । सोही दिनलाई समाजवादीले पुनर्गठन दिवस मनाएको हो।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा अध्यक्ष माधव नेपालले जनतासँग सुमधुर सम्बन्ध राखेर सेवा भावनाका साथ अघि बढ्न निर्देशन दिए। जनता आधारित कार्यकर्ता पार्टी भएको भन्दै उनले पार्टी नीति सिद्धान्त अनुसार अघि बढ्नुपर्ने बताए।

त्यस्तै नेता झलनाथ खनालले देशका विभिन्न स्थानमा कमिटी बनाउनुपर्ने, नेताहरु कार्यकर्तासँग र कार्यकर्ताहरू जनतामाझ पुगेर पार्टी र जनताको सम्बन्ध स्थापीत गर्नुपर्ने बताए। उनले समाजमा सामाजिक सांस्कृतिक संकट देखिन थालेको भन्दै सजक रहनुपर्ने बताए।

प्रकाशित मिति: १७:५७ बजे, शनिबार, भदौ ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्