Kathmandu Press

अभिनेता सानु ताम्राकारको निधन

शनिबार दिउँसो नर्भिक अस्पतालमा उपचारको क्रममा ताम्राकारको निधन भएको हो।
अभिनेता सानु ताम्राकारको निधन

काठमाडाैं, भदाै ९ : स्वर्गीय नायक सारुक ताम्राकारका पीता अभिनेता सानु ताम्राकारको शनिबार निधन भएको छ। शनिबार दिउँसो नर्भिक अस्पतालमा उपचारको क्रममा ताम्राकारको निधन भएको हो।

७४ वर्षीय ताम्राकार मिर्गौला रोगबाट पीडित थिए। गत असार २१ गते छोरा सारुकको निधन भएपछि पुत्र वियोगले बुवा सानु ताम्राकार रोगले च्यापेको थियो।

उनी केही समयअघि मिर्गौलाको उपचारका लागि नर्भिक अस्पतालमा भर्ना भएका थिए।

ताम्राकारको पार्थिव शरीरलाई आइतबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।

प्रकाशित मिति: १७:१० बजे, शनिबार, भदौ ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्