Kathmandu Press

सामाजिक सद्भाव बिथोल्ने अभिव्यक्तिप्रति संवेदनशील हुनुपर्छ : रवि लामिछाने

शनिबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानले सार्वजनिक रुपमा दिइने अभिव्यक्तिले समाजलाई चोट नपुराउनका लागी संवेदनशील हुनुपर्ने बताएका हुन्।
सामाजिक सद्भाव बिथोल्ने अभिव्यक्तिप्रति संवेदनशील हुनुपर्छ : रवि लामिछाने

चितवन, भदाै ९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सद्भाव बिथोल्ने अभिव्यक्तिप्रति संवेदनशील हुनुपर्ने बताएका छन्।

शनिबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानले सार्वजनिक रुपमा दिइने अभिव्यक्तिले समाजलाई चोट नपुराउनका लागी संवेदनशील हुनुपर्ने बताएका हुन्।

उनले एकअर्काको धर्म संस्कारलाई आँच नआउने गरि दलका नेता तथा कार्यकर्ताले अभिव्यक्ति दिनुपर्ने उल्लेख गरे। उनले कुनै पनि विषयमा समाजलाई सौहार्दपूर्ण वातावरणमा अघि बढाउन वार्ता र संवादबाट समस्याको समाधान खोज्नुपर्ने जिकिर गरे।

सभापति लामिछानले संसदीय समितिमा प्रतिपक्षी दललाई लेखा समितिमात्रै दिन प्रचलन रहेपछि सहि ढंगले समितिलाई चलाउन रास्वपाको भूमिकालाई स्थापीत गर्न केहि समितिको सभापतिमा उम्मेद्वारी दिने बताए। उनले चितवनमा सुरु गरेका केही कार्यक्रमहरुलाई सुधारका साथ अघि बढाउने प्रतिबद्धता जनाए।

सभापति लामिछाने पार्टीले आयोजना गरेको जनतासंग सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी हुन चितवन पुगेका हुन्। 

प्रकाशित मिति: १६:१७ बजे, शनिबार, भदौ ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्