Kathmandu Press

निषेधाज्ञाले धरान सुनसान

जिल्ला प्रशासन कार्यालय, सुनसरीले शान्ति सुरक्षाको संवेदनशिलतालाई ध्यानमा राखेर भदौ ८ गते राति १२ बजेदेखि भदौ ९ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो।
निषेधाज्ञाले धरान सुनसान

धरान, भदाै ९ : स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेपछि शनिबार धरान उपमहानगरपालिका क्षेत्र सुनसान बनेको छ।

जिल्ला प्रशासन कार्यालय, सुनसरीले शान्ति सुरक्षाको संवेदनशिलतालाई ध्यानमा राखेर भदौ ८ गते राति १२ बजेदेखि भदौ ९ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो।

निषेधाज्ञाको समयमा भेला, जुलुस, र्‍याली निकाल्न रोक लगाएको थियो। निषेधाज्ञाका कारण सार्वजनिक सवारी साधन चल्न सकेनन्।  धरान प्रवेश गर्ने सबै नाकामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

विभिन्न समूह तथा संस्थाले शनिबार र्‍याली निकाल्ने तयारी गरेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

प्रकाशित मिति: १५:४४ बजे, शनिबार, भदौ ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्