Kathmandu Press

प्रधानमन्त्रीले मुलुकमा जातीय द्वन्द्व निम्त्याए : नेता कोइराला

शनिबार विराटनगरमा आयोजित नेपाल प्रेस युनियन मोरङ शाखाको पदस्थापना कार्यक्रमलाई सम्बोधन गर्दै उनले मूलुकमा धार्मिक खासियत लडखडाईरहेको परिस्थीतिमा प्रधानमन्त्रीले जातीय द्वन्द्व निम्त्याउने काम गरीरहेको आरोप लगाए। 
प्रधानमन्त्रीले मुलुकमा जातीय द्वन्द्व निम्त्याए : नेता कोइराला

काठमाडौं, भदाै ९ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने काम गरिरहेको आरोप लगाएका छन्।

शनिबार विराटनगरमा आयोजित नेपाल प्रेस युनियन मोरङ शाखाको पदस्थापना कार्यक्रमलाई सम्बोधन गर्दै उनले मूलुकमा धार्मिक खासियत लडखडाईरहेको परिस्थीतिमा प्रधानमन्त्रीले जातीय द्वन्द्व निम्त्याउने काम गरीरहेको आरोप लगाए। 

उनले भने, ‘अहिलेको अवस्थामा जातीय द्वन्द्व निम्ताउने प्रयास प्रधानमन्त्रीले गरिसक्नु भएको छ। देशको परिस्थिति धार्मिक खासियत लडखडाएको छ।’

त्यसैगरी उनले सुन तस्करले विश्वलाई केन्द्रित गराएको भन्दै मुलुक अन्तर्राष्ट्रिय तस्करहरूको अखडा बन्दै गएको टिप्पणी गरे।  
 
प्रकाशित मिति: १५:५० बजे, शनिबार, भदौ ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्