Kathmandu Press

ओलीले सर्वदलीय बैठकमा नेकपा एसलाई निषेध गरे : अध्यक्ष नेपाल

सत्ता साझेदार दल नै रहे पनि संसदमा प्रतिनिधित्व गर्ने ६ वटा पार्टी मात्रै बैठकमा सहभागी भए पनि ओलीले राष्ट्रिय मान्यता प्राप्त दल मात्रै बस्ने भनेर सो बैठकमा आफ्नो पार्टीलाई सहभागी नगराएको उनले दाबी गरे। 
ओलीले सर्वदलीय बैठकमा नेकपा एसलाई निषेध गरे : अध्यक्ष नेपाल

काठमाडौं, भदाै ९ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले सर्वदलीय बैठकमा पनि आफ्नो पार्टीलाई निषेध गरेको बताएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले शनिबार काठमाडौंमा आयोजित पार्टी निकट अनेरास्ववियुको स्थायी कमिटी बैठकमा सुन तस्करी छानबिनका लागि आयोग गठन गर्न बोलाइएको सर्वदलीय बैठकमा ओलीकै कारण आफ्नो पार्टीलाई सहभागी नगराइएको बताएका हुन्। 

सत्ता साझेदार दल नै रहे पनि संसदमा प्रतिनिधित्व गर्ने ६ वटा पार्टी मात्रै बैठकमा सहभागी भए पनि ओलीले राष्ट्रिय मान्यता प्राप्त दल मात्रै बस्ने भनेर सो बैठकमा आफ्नो पार्टीलाई सहभागी नगराएको उनले दाबी गरे। 

‘ओलीले यो पार्टीको मतलब नै नराख्ने। हुँदाहुँदा हिजोअस्ति त संसदमा अरु सबै पार्टी हुन्छ। तर एकीकृत समाजवादी पार्टी हुँदैन भनेर हामीलाई प्रस्तुत हुन दिएनन्,' उनले भने, 'त्यो सुनकाण्डको बारेमा भएको छानबिन कमिटीमा अरु सबै बसे ६ वटा पार्टी, राष्ट्रिय मान्यता प्राप्त गरेको छैन भन्ने एउटा आधारमा टेकेर हामीलाई बोलाउँदा पनि बोलाए।’

विगतमा ओलीले आफूलाई राष्ट्रपति बनाउने प्रस्ताव पनि गरेको भन्ने कुरा हल्ला मात्रै भएको पनि अध्यक्ष नेपालले बताए। तर प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने सबै बैठकमा आफूलाई राष्ट्रपतिमा प्रस्ताव गरेको उल्लेख गरे। पार्टीलाई बिजोग बनाएर आफू राष्ट्रपति बन्न नचाहेको बताउँदै उनले आफूले नेकपा ब्युँत्याउन पठाएको प्रस्ताव ओलीले लत्याएको पनि बताए।

अध्यक्ष नेपालले ओलीको तानाशाही प्रवृत्तिकै कारण विद्रोह गरेर नयाँ पार्टी बनाउनुपरेको पनि दोहोर्‍याए।

प्रकाशित मिति: १५:३९ बजे, शनिबार, भदौ ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्