Kathmandu Press

वाग्मतीमा र्‍याफ्टिङ मज्जा [फाेटाे फिचर]

नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीज (नारा) ले नेपाल नदी संरक्षण संस्था तथा फ्रेन्स क्लब कुपन्डोललगायत संस्थाको सहकार्यमा बागमतीमा र्‍याफ्टिङ गरेर २३औँ संस्करणको ‘बागमती नदी महाजलयात्रा महोत्सव’ मनाइएको हो।
वाग्मतीमा र्‍याफ्टिङ मज्जा [फाेटाे फिचर]

काठमाडौँ, भदौ ९ : बागमती नदी सभ्यताको पहिचान, संरक्षण र सम्वर्धनका साथै जल पर्यटनको सम्भावना उजागर गर्ने उद्देश्यले आज बागमती नदीमा र्‍याफ्टिङ गरिएको छ। नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीज (नारा) ले नेपाल नदी संरक्षण संस्था तथा फ्रेन्स क्लब कुपन्डोललगायत संस्थाको सहकार्यमा बागमतीमा र्‍याफ्टिङ गरेर २३औँ संस्करणको ‘बागमती नदी महाजलयात्रा महोत्सव’ मनाइएको हो।

1 (21)1693042774.jpg     
महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव भरतमणि सुवेदी र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरेका थिए। नाराका अध्यक्ष शिव अधिकारीका अनुसार बिहान कुपण्डोलस्थित बागमती पुलबाट कीर्तिपुरको सुन्दरीघाटसम्म छ किलोमिटर दूरीमा जलयात्रा गरिएको छ। पन्ध्र बोटमा एक सय ५० जनाले र्‍याफ्टिङ गरेका थिए। पञ्चेबाजा, नेवारी बाजा र ‘म्युजिक ब्यान्ड’ सहित जलयात्रा महोत्सव गरिएको थियो।

1 (17)1693042754.jpg

     
कार्यक्रममा सांसद ज्ञानबहादुर शाही, पूर्वमुख्यसचिव लीलामणि पौडेल, पूर्वसचिव दीपेन्द्र पुरुष ढकाललगायत पूर्वसरकारी अधिकारी, पर्यटन व्यवसायी एवं स्थानीयको उल्लेख्य सहभागिता थियो। नाराका अध्यक्ष अधिकारीले बागमती नदी तथा यसका सहायक नदीको बिग्रँदो अवस्थालाई सुधार गर्दै बागमती नदीलाई माछा बाँच्न योग्य, पौडी खेल्न र पानी खान योग्य, तथा मृतकका लागि शुद्ध जल तर्पणयोग्य बनाउने जलजात्रा कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए।

1 (22)1693042695.jpg
     
उनले नदीको समुचित संरक्षण गरी यी क्षेत्रमा भएका सम्पूर्ण मठमन्दिर, देवस्थल, चिहान, धर्मशाला आदि सबैको जीर्णोद्धार र पुनःनिर्माण गरी काठमाडौँ उपत्यकाको सभ्यता र संस्कृतिको पहिचान गराउन महोत्सवले भूमिका खेल्ने विश्वास व्यक्त गरे।

1 (16)1693042657.jpg

1 (14)1693042583.jpg

1 (12)1693042579.jpg

1 (10)1693042500.jpg

1 (9)1693042486.jpg

1 (8)1693042420.jpg

1 (6)1693042393.jpg

1 (3)1693042328.JPG

cover1693042154.jpg

1 (18)1693042276.jpg

1 (19)1693042277.jpg

1 (1) (1)1693042318.JPG

Bagmati Jalyatra 11693042135.jpg

Bagmati Jalyatra1693042126.jpg

IMG-20230826-WA0000(1)1693042067.jpg

IMG-20230826-WA0006(1)1693042026.jpg

प्रकाशित मिति: १४:५४ बजे, शनिबार, भदौ ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्