Kathmandu Press

लोसपाले मनायो स्थापना दिवस

लोसपाले मनायो स्थापना दिवस

काठमाडौँ, भदौ ९ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले स्थापना दिवसका अवसरमा पार्टीको झण्डोत्तोलन गरेको छ।
     
बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा लोसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीको झण्डोत्तोलन गरे।

लोसपा स्थापनाको दुई वर्षका अवसरमा झण्डोत्तोलनसहित नेता एवं कार्यकर्ताबीच शुभकामना आदानप्रदान गरिएको लोसपाका नेता केशव झाले जानकारी दिए।
     
सो अवसरमा लोसपाका अध्यक्ष ठाकुरले आफूहरुले उठाउँदै आएको मुद्दा सम्बोधन नभएसम्म एकताबद्ध भएर थप पहलकदमी लिन जरुरी भएको बताएका थिए।

उनले पार्टी स्थापनाका अवसरमा नेता कार्यकर्ताबीच आपसी भाइचारा र सहअस्तित्व कायम गरी राजनीतिक विचारधाराको सम्वद्र्धनमा सक्रियरुपले लाग्न पनि आग्रह गरे। कार्यक्रममा लोसपाका नेता तथा कार्यकर्ताको उपस्थिति थियो। 

प्रकाशित मिति: १५:२५ बजे, शनिबार, भदौ ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्