Kathmandu Press

बुबाआमाका नाममा पाशुपत क्षेत्रमा वरपिपल रोपेर मन्त्री किरातीले सके बुबाको काम 

शनिबार सामाजिक सञ्जालमा उनले बुबा र आमाको सम्झनामा प्रकृतिको लागि पशुपतिमा वर र पिपल रोपेर आजैबाट बुबाको काम सकेको जानकारी दिएका हुन्। 
बुबाआमाका नाममा पाशुपत क्षेत्रमा वरपिपल रोपेर मन्त्री किरातीले सके बुबाको काम 

काठमाडौं, भदाै ९ : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले स्व.बुबा र आमाका नाममा पाशुपत क्षेत्रमा बर,पिपल रोपेका छन्। 

शनिबार सामाजिक सञ्जालमा उनले बुबा र आमाको सम्झनामा प्रकृतिको लागि पशुपतिमा वर र पिपल रोपेर आजैबाट बुबाको काम सकेको जानकारी दिएका हुन्। 

‘सम्झनामा बुबा र आमा बर र पिपल हुनुभयो। पितृको संसारमा जानु भएको  बुबा र आमाको सम्झनामा प्रकृतिको लागि पशुपतिमा वर र पिपल रोपियोसँगै आजैबाट बुबाको काम सकियो,’ उनले भने।

थप सामाजिक र सिर्जनात्मक काम उनीहरुका नाममा काम गर्दै जाने प्रतिबद्धता जनाउँदै उनले थप लेखेका छन्, ‘समय र स्वास्थ्यले साथ दिएमा थप सामाजिक र सिर्जनात्मक काम उहाँहरुको नाममा गर्दै जानेछु।’

प्रकाशित मिति: १४:०२ बजे, शनिबार, भदौ ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्