Kathmandu Press

धरानमा सामाजिक सद्भाव जोगाउन राजनीतिक दलको अपिल

दलहरुले सामाजिक द्वोष तथा आस्था भावनामा ठेस पुर्‍याउने गतिविधि नगरिदिन आग्रह समेत गरेका छन्।
धरानमा सामाजिक सद्भाव जोगाउन राजनीतिक दलको अपिल

सुनसरी, भदौ ८ : धरानमा हुनसक्ने सम्भावित दुर्घटनालाई लिएर सम्पूर्ण राजनीतिक दलहरुले सद्भाव काम राख्न अपिल गरेका छन्।

सम्भावित दुघर्टना रोक्न धरानमा शनिबारका लागि तय भएका सबै कार्यक्रम स्थगित शुक्रबार राजनीतिक दलहरुले संयुक्त विज्ञप्ति जारी गर्दै आग्रह गरेका छन्।

राजनीतिक दलहरुले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरी वातावरण सहज बनाउन आग्रह गरेका छन्। उनीहरुले सामाजिक सद्भाव खलबलिने सामग्रीहरु सामाजिक सञ्जालमा पोस्ट नगर्न पनि आग्रह गरेका छन्।

‘परिस्थितिको गाम्भिर्यतालाई मनन गर्दै सामाजिक सञ्जाललगायतबाट सामाजिक सदभाव खलबलिने सामग्रीहरु पोष्ट, शेयर तथा कमेन्ट नगर्न सबैमा अपिल गर्दछौं । भोलि भाद्र ९ गते सम्बन्धित पक्षहरूबाट धरानमा आयोजना गर्न लागिएका पुर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरी वातावरण सहज बनाउन भुमिका निर्वाह गरिदिन हुन हार्दिक अनुरोध छ,’ राजनीतिक दलहरुले जारी गरेको संयुक्र वक्तव्यमा भनिएको छ।

दलहरुले सामाजिक द्वोष तथा आस्था भावनामा ठेस पुर्‍याउने गतिविधि नगरिदिन आग्रह समेत गरेका छन्।

धार्मिक द्वन्द्वको खतरा बढेपछि स्थानीय प्रशासनले धरानमा शुक्रबार रातिबाट लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ।

प्रकाशित मिति: १८:०० बजे, शुक्रबार, भदौ ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्