Kathmandu Press

संसद विघटन गर्ने शक्तिले संविधान संशोधन हुन दिएनन् : प्रचण्ड

शुक्रबार पर्साको वीरगञ्जमा आयोजित प्रदेशस्तरीय समाजवादी मोर्चा घोषणा कार्यक्रममा दोस्रोपटक प्रधानमन्त्री बनेको बेला संविधान संशोधन प्रस्ताव रोकेको आरोप लगाएका हुन् ।
संसद विघटन गर्ने शक्तिले संविधान संशोधन हुन दिएनन् : प्रचण्ड

काठमाडौ, भदौ ८ : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद विघटन गर्ने शक्तिले संविधान संशोधन गर्न नदिएको बताएका छन् । 

शुक्रबार पर्साको वीरगञ्जमा आयोजित प्रदेशस्तरीय समाजवादी मोर्चा घोषणा कार्यक्रममा दोस्रोपटक प्रधानमन्त्री बनेको बेला संविधान संशोधन प्रस्ताव रोकेको आरोप लगाएका हुन् ।

‘तपाईँहरूलाई थाहै छ । म सिराहबाट दोस्रोपटक निर्वाचित भएपछि दोस्रो पटक प्रधानमन्त्री बन्ने अवसर पाएँ’, उनले भने, ‘मधेशको माग सम्बोधन गर्न संविधान संशोधन प्रस्ताव ल्याएको थिएँ । तर पटक पटक संविधान च्यात्न खोज्ने र संसद विघटन गर्ने शक्तिले संशोधन हुन दिएनन् ।’

जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलन गरेका शक्तिहरू सरकार र मोर्चामा रहेकाले देशको आमुल परिवर्तन सम्भव रहेको उनले जिकिर गरे ।  

उनले जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनबाट भएको परिवर्तनलाई विकृत बनाउने, बदनाम गराउने कुचेष्टाका साथ ती शक्तिहरू लागेकाले प्राप्त उपलब्धिको रक्षाका लागि सरकार, सदन र सडक तीनवटै मोर्चा प्रभावकारी बनाउन समाजवादी मोर्चा घोषणा गरेको उनले जिकिर गरे ।

प्रकाशित मिति: १७:३१ बजे, शुक्रबार, भदौ ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्