Kathmandu Press

सिरहामा गर्ने भनिएको एमालेको सचिवालय बैठक स्थगित

एमालेले चौथो महाधिवेशन आयोजना गरिएको घरमा ३४ वर्षपछि सचिवालय बैठक आयोजना गर्न लागेको थियो, तर खराब माैसका कारण बैठक स्थगित गरिएकाे छ।
सिरहामा गर्ने भनिएको एमालेको सचिवालय बैठक स्थगित

काठमाडौं, भदौ ८ : सिराहाको विष्णुपुर सर्रेअम्बासमा गर्ने भनिएको नेकपा एमालेको बहुप्रतिक्षित सचिवालय बैठक स्थगित गरेको छ। लगातारको वर्षाको कारण सो सचिवालय बैठक स्थागित गरिएको एमालेले जनाएको छ।

एमालेले चौथो महाधिवेशन आयोजना गरिएको घरमा ३४ वर्षपछि सचिवालय बैठक आयोजना गर्न लागेको थियो । त्यसका लागि एमाले अध्यक्ष केपी ओली विराटनगर पुगिसकेका थिए। तर, खराब मौसमका लागि बैठक स्थागित गरिएको छ।

त्यहाँ एमालेले सचिवालय बैठकसँगै सार्वजनिक कार्यक्रम गर्ने तयारी गरेको थियो।

२०४६ सालमा सो स्थानमा तत्कालीन नेकपा ९माले०को भूमिगनरुपमा भदौ ९ देखि १४ गतेसम्म चौथो महाधिवेशनमा भएको थियो। सोही बैठकले मदन भण्डारीलाई मालेको महासचिव चयन गरेको थियो।

 

प्रकाशित मिति: १७:२४ बजे, शुक्रबार, भदौ ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्