धरानमा निषेधाज्ञा
निषेधाज्ञा भोलि राति १२ बजेसम्म रहने बताइएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो।
सुनसरी, भदौ ८ : धरानमा निषेधाज्ञा जारी गरिएको छ। जिल्ला सुरक्षा समिति सुनसरीको बैठकले आज (शुक्रबार) राति १२ बाट निषेधाज्ञा जारी गरेको हो।
निषेधाज्ञा भोलि राति १२ बजेसम्म रहने बताइएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो।
धरान प्रवेशस्थल तरहरा, नहडा, झन्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता बढाइएको छ।
धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले शनिबार प्रदर्शनको आह्वान गरेका छन्। तर त्यसको प्रतिकारमा समेत उत्रने सम्भावना देखिएपछि धरान प्रवेशमा कडाइ गरिएको प्रशासनले जनाएको छ।
1692961935.jpg)
प्रकाशित मिति: १६:५४ बजे, शुक्रबार, भदौ ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार