Kathmandu Press

सामाजिक सद्भाव खल्बल्याउने प्रवृत्ति देखा परेकाले सबै सचेत रहनुपर्छ : रक्षामन्त्री खड्का

शुक्रबार भक्तपुरको चाँगुनारायण नगरपालिका–५ को नवनिर्मित वडा कार्यालय भवन र स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले देशलाई सामाजिक एवं राष्ट्रिय एकताको एउटै सुत्रमा बाँधेर अगाडि लैजानु जरुरी रहेको स्पष्ट पारे।
सामाजिक सद्भाव खल्बल्याउने प्रवृत्ति देखा परेकाले सबै सचेत रहनुपर्छ : रक्षामन्त्री खड्का

काठमाडाैं, भदाै ८ : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सामाजिक सद्भाव खल्बल्याउने गलत प्रवृत्ति देखा परेको भन्दै सबै सचेत रहनुपर्ने बताएका छन्।

शुक्रबार भक्तपुरको चाँगुनारायण नगरपालिका–५ को नवनिर्मित वडा कार्यालय भवन र स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले देशलाई सामाजिक एवं राष्ट्रिय एकताको एउटै सुत्रमा बाँधेर अगाडि लैजानु जरुरी रहेको स्पष्ट पारे।

सदियौँदेखि देशमा विभिन्न भूगोल र समाजमा विभिन्न जातजाति, भाषाभाषी, वर्ग, धर्म, सांस्कृतिक परम्परा एकतामा बाँधिएको उल्लेख गर्दै उहाँले यस्तो एकता खलबल्याउने, समाज भाँड्ने काम कहीँकतैबाट हुनु नहुनेमा जोड दिए।

त्यस्तै उहाले संघ प्रदेश र स्थानीय तहको सरकार मिलेर राष्ट्रिय एकतालाई कायम राख्दै विकासको अभियानलाई पूरा गर्न एकताबद्ध भएर अगाडि बढ्नुपर्ने धारणा राखे।

उनले देशको अर्थतन्त्र अहिले ऋणात्मक अवस्थामा रहेको भन्दै सरकारले चाहेको जति बजेट छुट्याउन सक्ने अवस्था नरहेको जिकिर गरे। उनले वडा कार्यालय भवन र स्वास्थ्य चौकी भवनको निरिक्षण समेत गरेका थिए।

प्रकाशित मिति: १६:४२ बजे, शुक्रबार, भदौ ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्