कोसी प्रदेशमा एमालेको नेतृत्वमा सहमतीय सरकार बन्ने दाबी
ओलीले अहिले धार्मिक र साम्प्रदायिक सद्भाव बिथोल्ने र विद्वैष फैलाउँदै मुलुकलाई अस्थिरताको परिस्थिति सिर्जना गर्न खोजिएको जिकिर गरे।
काठमाडाैं, भदाै ८ : एमाले अध्यक्ष केपी ओलीले कोसी प्रदेशमा एमालेको नेतृत्वमा सहमतीय सरकार बन्ने दाबी गरेका छन्।
शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले कोशी प्रदेशमा नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले संविधान उलंघन गरेकोमा दुख लागेको भन्दै अब एमालेको नेतृत्वमा सहमतीय सरकार बन्ने दाबी गरेका छन्।
ओलीले अहिले धार्मिक र साम्प्रदायिक सद्भाव बिथोल्ने र विद्वैष फैलाउँदै मुलुकलाई अस्थिरताको परिस्थिति सिर्जना गर्न खोजिएको जिकिर गरे।
केन्द्रमा एमालेको ध्यान सरकारमा बनाउन नभई राजनीतिक स्थिरता, स्थायित्व प्रदान गर्दै सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रणमा रहेको ओलीले बताए।
उनले संविधान कार्यान्वयन, मुलुकमा सुशासन, आर्थिक विकासका लागि प्रमुख जिम्मेवार राजनीतिक दलहरु मिलेर जानुपर्ने उल्लेख गरे। एमाले अध्यक्ष ओलीले तस्करीका कारण मुलुकको विकासमा बाधा उत्पन्न हुने भएकाले पूर्ण रुपमा अन्त्य गर्नुपर्ने बताए।











