Kathmandu Press

‘गणपति’मा तपाईले आफ्नै कथा पाउनु हुनेछ : नायक भुसाल 

सामाजिक कथावस्तु समेटिएको ‘गणपति’ले समाजले मान्छेलाई कसरी भगवानको दर्जा दिन्छ र त्यो दर्जासँग सामान्य मान्छेले आफ्नो जीवनका चाहना पूरा गर्न कसरी संघर्ष गर्नुपर्छ भन्ने विषयलाई नै मुख्य रुपमा उठाएको छ।
‘गणपति’मा तपाईले आफ्नै कथा पाउनु हुनेछ : नायक भुसाल 

काठमाडौं, भदाै ८ : नेपाली कथानक चलचित्र ‘गणपति’ भदौ १४ गतेबाट नेपाल र नेपाल बाहिरबाट एकसाथ प्रदर्शनमा आउँदैछ। सेभेन सिज इन्टरटेन्मेन्टले निर्माण गरेको चलचित्रले व्यावासियक तथा भावनात्मक रुपमा सफल हुने निर्माण पक्षको दाबी छ। 

सामाजिक कथावस्तु समेटिएको ‘गणपति’ले समाजले मान्छेलाई कसरी भगवानको दर्जा दिन्छ र त्यो दर्जासँग सामान्य मान्छेले आफ्नो जीवनका चाहना पूरा गर्न कसरी संघर्ष गर्नुपर्छ भन्ने विषयलाई नै मुख्य रुपमा उठाएको छ।

एक युवाले आफ्ना लागि घर,परिवार र समाजसँग संघर्ष गर्नुपर्ने बाध्यतालाई चलचित्रमा मुख्य भूमिका निभाएका मुकुन भूषाल मार्फत देखाउन खोजेको छ। यस चलचित्रका मुख्य कलाकार मुकुन भूसालले, चलचित्र मार्मिक र भावत्नामक भएको बताएका छन्।

Hardik ivf

‘चलचित्रमा एकदमै भावना जोडिएको छ। गर्न खोजीएका कुराहरुको अवसर मिलिरहेको हुँदैन् क्षमता हुँदा हुँदै पनि। उमेर पुगिसकेकाले छोराछोरीले परीवारमा आर्थिक रुपले केहि गर्न नसकि रहँदा जसरी अपहेलित हुनुपर्छ घरबाट पनि त्यही कुरा पर्दामा देख्दा दर्शकलाई आफ्नै कथा लाग्न सक्छ,’ अभिनेता भुसालले भने।

ganapati1692959993.jpg

पर्दामा दर्शकले सिनेमा हेर्दै गर्दा त्यहाँको पात्रमा आफूलाई देख्ने र चलचित्र एकदमै राम्रो र समयसामयिक बनेको उनको दाबी छ। 

‘सिनेमा हेरेर भरपुर मनोरञ्जन त पाउनुहुनेछ नै छ। साथै पात्रहरुसँग ट्राभल गर्दैगर्दा २ घण्टाको समय छोटो लागेर सिनेमाको प्रशंसा गर्नुहुनेछ। एकदमै मेहनत गरेर बनाएका छौं,’ उनले भने।

सविन अधिकारीको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलर सार्वजनिक भइसकेको छ। कलाकारद्वव मुकुन भुषाल र प्रकाश घिमिरे चलचित्रको ट्रेलरमा सशक्त भूमिकामा देखिएका छन्। चलचित्रमा उनीहरुका अलवा मेनुका प्रधान, सूर्यमाला खनाल, देवेन्द्र बब्लु, कविता न्यौपाने, अंशु महर्जनलगायतका कलाकारले अभिनय छ। 

रामप्रसाद रिजालको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा लक्ष्मण रिजालको लगानी छ। चलचित्र निर्माणमा एक करोड ८० लाख बढी खर्च भएको बताएका निर्माता रिजालले बताए।

प्रकाशित मिति: १६:१८ बजे, शुक्रबार, भदौ ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्