Kathmandu Press

साहित्यकार तुल्सी थापाको निधन

७८ वर्षीय थापाको उपचारका क्रममा आज चितवनस्थित पुरानो मेडिकल कलेजमा निधन भएको उनका ज्वाइँ रवीन्द्र मगरले जानकारी दिए। 
साहित्यकार तुल्सी थापाको निधन

बागमती, भदौ ८ : मकवानपुरका शिक्षा सेवी तथा वरिष्ठ साहित्यकार तुल्सी थापाको निधन भएको छ।

७८ वर्षीय थापाको उपचारका क्रममा आज चितवनस्थित पुरानो मेडिकल कलेजमा निधन भएको उनका ज्वाइँ रवीन्द्र मगरले जानकारी दिए। 

Hardik ivf

मुटुसम्बन्धी समस्या, निमोनिया, मधुमेह, रक्तचापलगायत स्वास्थ्य समस्याले ग्रसित भएपछि साहित्यकार थापा केही महिनादेखि अस्पताल भर्ना भएको थियो।

दाना कविता सङ्ग्रह ‘एक निमेष अनन्तको’, नाटक ‘अमर सिंहको खोजीमा अमर सिंह’ र कथासंग्रह ‘फरक आकाश’ लगायत साहित्यिक सिर्जना प्रकाशन गरेका थापाले कविता विधामा नयाँ दाना कविताको सुरुआतसमेत गरेकाे थियाे। 

गोरखा दक्षिण बाहु चौथो, नारायणी वाङ्मय पुरस्कारसहित विभिन्न सम्मान प्राप्त गर्नुभएको थापा भीम विराग सङ्गीत, साहित्य, कला प्रतिष्ठानका पूर्वअध्यक्षसमेत थिए। स्व. थापाको बेलायतमा रहेकी छोरी आज साँझ आएपछि दाहसंस्कार गरिनेछ।

प्रकाशित मिति: १४:५९ बजे, शुक्रबार, भदौ ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्