Kathmandu Press

आपसी सद्भाव, भाइचारा र एकता कायम गर्न धरानवासीमा हर्क साम्पाङकाे अपिल

आज एक अपिल जारी गरेर उनले सयौं थुँगा फूलका हामी एउटै माला नेपाली भन्ने भावनालाईआत्मसात् गरेर पछिल्लो समय देखिएको अशान्तिमय वातावरणमा सबैले संयमित र संवेदनशील हुनुपर्नेमा जोड दिएका छन्।
आपसी सद्भाव, भाइचारा र एकता कायम गर्न धरानवासीमा हर्क साम्पाङकाे अपिल

काठमाडौं, भदौ ८ : धरान उपमहानगरका मेयर हर्क साम्पाङले आपसी सद्भाव, भाइचारा र एकता कायम गर्न सम्पूर्ण आम धरान नगरवासीहरूमा अपिल गरेका छन्।

आज एक अपिल जारी गरेर उनले सयौं थुँगा फूलका हामी एउटै माला नेपाली भन्ने भावनालाईआत्मसात् गरेर पछिल्लो समय देखिएको अशान्तिमय वातावरणमा सबैले संयमित र संवेदनशील हुनुपर्नेमा जोड दिएका छन्। विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल नेपालको पूर्वी पुरानो सहर धरानमा केही दिनयता भइरहेको धार्मिक तथा सामाजिक विवादले यस क्षेत्रलाई अति नै संवेदनशील बनाइरहेको उनले बताएका छन्। 

‘बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात गरी विविधता बिचको एकता सामाजिक, सांस्कृतिक सदभावलाई संरक्षण गरी समृद्ध समाजको निर्माण गर्नु नै हाम्रो कर्तव्य हो, अपिलमा उनले भनेका छन्, समाजमा देखिने अशान्ति विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिने, अन्तर विरोध बढाउने, प्रतिशोध र द्वन्द्वलाई निम्त्याउने भएकोले यस प्रकारको विविधताको नकारात्मकतालाई सकरात्मकतामा परिणत गर्न सयौँ थुँगा फुलका हामी एउटै माला नेपाली भन्ने भावलाई आत्मसात गर्दै हाल देखिएको अशान्तिमय वातावरण सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक नागरिकको भावना प्रतिबिम्बित हुनेगरी आपसी सदभाव, भाइचारा र एकता’ कायमका लागि सम्पूर्ण आम धरान नगरवासीहरूमा हार्दिक अपील गर्दछु।’

प्रकाशित मिति: १४:४४ बजे, शुक्रबार, भदौ ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्