Kathmandu Press

रास्वपाले बोलायो संसदीय दलको बैठक

शुक्रबार साँझ ५ बजे दलको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको  हो । संसदका विषयगत समितिका सभापतिहरूको निर्वाचन, संसदमा पार्टीले दर्ता गरेका संकल्प र सार्वजनिक महत्त्वका प्रस्तावको विषयमा छलफल हुने छ । 
रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं, भदौ ८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्दै छ। 

शुक्रबार साँझ ५ बजे दलको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको  हो । संसदका विषयगत समितिका सभापतिहरूको निर्वाचन, संसदमा पार्टीले दर्ता गरेका संकल्प र सार्वजनिक महत्त्वका प्रस्तावको विषयमा छलफल हुने छ । 

भदौ ११ गते ३ बजे सभापति चयन गर्ने गरी कार्यतालिका प्रकाशन भएको छ । पार्टीको आगामी संसदीय अभ्यास र विविध विषयमा छलफल हुने रास्वपाले जनाएको छ । 

प्रकाशित मिति: ०८:४८ बजे, शुक्रबार, भदौ ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्