Kathmandu Press

गौरालाई राष्ट्रिय पर्वका रुपमा मनाउन पहल गर्छु : सभापति देउवा

सभापति देउवाले गौरा पर्वलाई राष्ट्रिय पर्वका रुपमा घोषणा गरेर मनाउने विषयमा आफू सकारात्मक रहेको बताउँदै कुन दिनलाई गौरा पर्व मनाउने विषयमा यकिन भए सरकारले त्यही दिनलाई सार्वजनिक बिदाको रुपमा घोषणा गर्ने बताए।
गौरालाई राष्ट्रिय पर्वका रुपमा मनाउन पहल गर्छु : सभापति देउवा

काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वलाई राष्ट्रिय पर्वका रुपमा मनाउने घोषणा गर्न पहल गर्ने बताए।

गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा कांग्रेस सभापति देउवाले गौरा नेपालदेखि विदेशसम्म फैलिएको बताउँदै यसलाई राष्ट्रिय पर्वका रुपमा मनाउने घोषणा गर्न आफूले पहल गर्ने बताए।

सभापति देउवाले गौरा पर्वलाई राष्ट्रिय पर्वका रुपमा घोषणा गरेर मनाउने विषयमा आफू सकारात्मक रहेको बताउँदै कुन दिनलाई गौरा पर्व मनाउने विषयमा यकिन भए सरकारले त्यही दिनलाई सार्वजनिक बिदाको रुपमा घोषणा गर्ने बताए।

‘देउडा नृत्य र गौरा पर्व अहिले सुदूरपश्चिममा मात्रै होइन, कर्णाली र नेपालका साथै भारतको उत्तराखण्डका केही भागहरूमा समेत फैलिएको छ। सबैतिर गौरा पूजा गरेर पर्व मनाउने चलन बसेको छ,’ सभापति देउवाले भने, ‘हामीकहाँ चर्चित देउडा नृत्य पनि उत्तराखण्डसम्म फैलिएको छ । यसकारण देउडा र गौरा पर्व देशमामात्रै होइन, विदेशसम्म पनि फैलिएको छ।’

प्रकाशित मिति: १८:०५ बजे, बिहीबार, भदौ ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्