स्कुल बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु, जनकपुर–जलेश्वर सडक अवरुद्ध
स्कुल बसको ठक्करबाट मोटरसाइकल चालक जलेश्वर नगरपालका–९ परिकौलीका ३५ वर्षीय सन्तोष यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।
महोत्तरी, भदौ ७ : महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डको परिकौली चौकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जनकपुरको मिथिला इन्ष्टिच्युट अफ टेक्नोलोजी (मिट) क्याम्पसबाट विद्यार्थी बोकेर जलेश्वर आउँदै गरेको बा २ ख १५३६ नं को बसले जलेश्वर नगरपालिका–९ स्थित परिकौली चौकमा ज८प ९२६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
स्कुल बसको ठक्करबाट मोटरसाइकल चालक जलेश्वर नगरपालका–९ परिकौलीका ३५ वर्षीय सन्तोष यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।
लोक सेवा आयोग जलेश्वरमा कार्यालय सहयोगी भई काम गर्दै आएका यादव कार्यालयको कामले जनकपुर जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीको भनाइ छ । बसको ठक्करबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वरमा पु¥याएको थियो। अस्पताल पुग्ने वित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
यादवको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वरमै राखिएको छ । ठक्कर दिने बस र मोटरसाइकलाई प्रहरीको नियन्त्रणमा लिएको छ भने बसका चालक फरार रहेको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालकको मृत्यु भएको विरोधमा स्थानीय बासिन्दाले सडक बन्द गराएकाछन्। स्थानीयले बस चालकलाई पक्राउ गरी कारबाही अघि बढाउन र मृतक मोटरसाइकल चालकको परिवारलाई राहत दिन माग गर्दै प्रदर्शन गरेका छन् ।











