अध्यागमन विभागका महानिर्देशक अधिकारी जिम्मेवारीबाट हटाइए
सुन तस्करी प्रकरणमा संलग्नताको आशंकामा गृह मन्त्रालयले उनलाई जिम्मेवारीबाट हटाएको हो।
काठमाडौं, भदौ ७ : अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई जिम्मेवारीबाट हटाएको छ। सुन तस्करी प्रकरणमा संलग्नताको आशंकामा गृह मन्त्रालयले उनलाई जिम्मेवारीबाट हटाएको हो।
सुन तस्करीमा पक्राउ परेका व्यक्तिहरूसँग महानिर्देशक अधिकारीको सम्बन्ध देखिएको थियो। पक्राउ परेका दावा छिरिङसँगको च्याट बाहिरिएपछि गृहले अधिकारीलाई मन्त्रालय तानेको हो।
सुन तस्करीमा पनि अधिकारीले दावाको समूहलाई सहयोग गरेको आशंका गरिएको छ।
प्रकाशित मिति: १७:०१ बजे, बिहीबार, भदौ ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











