Kathmandu Press

सुन तस्करीको घटना लुकाउन गिरि बन्धु टी स्टेट भ्रष्टाचारकाे आरोप लगाइयो : अध्यक्ष ओली 

बिहीबार काठमाडौंमा आयोजित नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको सम्मेलनमा उनले पहिले नै ७० बिगा जग्गा बेचेकोमा उनले आफ्नो सरकार हुँदा  कानुनबिना बेच्न पाइँदैन भनेर कानुन बनाउँदा उल्टै आफ्नो भ्रष्टाचार लुकाउन आफूलाई आरोप लगाइएको उनको टिप्पणी छ। 
सुन तस्करीको घटना लुकाउन गिरि बन्धु टी स्टेट भ्रष्टाचारकाे आरोप लगाइयो : अध्यक्ष ओली 

काठमाडौं, भदाै ७ : एमाले अध्यक्ष केपी शर्मा ओलीले, सुन तस्करीको भ्रष्टाचार लुकाउ आफूलाई गिरिबन्धु टी स्टेटको भ्रष्टाचारको आरोप लगाएको दाबी गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको सम्मेलनमा उनले पहिले नै ७० बिगा जग्गा बेचेकोमा उनले आफ्नो सरकार हुँदा  कानुनबिना बेच्न पाइँदैन भनेर कानुन बनाउँदा उल्टै आफ्नो भ्रष्टाचार लुकाउन आफूलाई आरोप लगाइएको उनको टिप्पणी छ। 

उनले भने, ‘१०० केजी ५१ मा झर्‍यो। साढे ९ केजी कतिमा झर्‍यो थाहा छैन। यति मजाक गरिरहन भ्रष्टाचारको यसको खालको कुरालाई लुकाउन गिरिबन्धु टी स्टेट झापामा छ त्यसमा खायो केपी ओलीलले गिरिबन्धु टी स्टेट छ झापामा त्यो मेरो होईन् गिरि बन्धुको हो २१ सालदेखि छ। पहिले नै ७० बिगा पटकपटक गरेर बेचेको थियो उहाँहरुकै सरकारले म आएपछि कानुन बिना बेच्न हुँदैन भनेको थिए । कानुन बनाईदिए भ्रष्टाचार भयो रे।’

उनले आफूमाथि झुटो आरोप लागेको भन्दै झुटा सूचनालाई कुनै आधार नमान्न आग्रह गरे । नेकपा एमाले देशलाई समृद्ध बनाउँछु भनेर हिडेको नेतृत्व भएकाले दुई किलो सुन दुई गट्टा रुपैयाँमा नबिक्ने तर्क गरे। 

उनले भने, ‘उता चिल आयो भन्ने एता कुखुरा लाने गरेर झुटा हल्ला फिजाएको छ। यस्ता झुटा सूचनालाई कुनै आधार नमान्नु होला । देशलाई समृद्ध बनाउँछु भनेर हिडेको नेतृत्व हो देश बदल्छु भनेर ज्यान दिन गोली खान, जेलमा मर्न तयार भएको नेतृत्व हो। दुई तोला सुन दुई गट्टा रुपैयाँ, यस्ता कुरामा बिक्ने वाला छैन् यो बिक्ने ज्यान होइन।' 

प्रकाशित मिति: १५:४७ बजे, बिहीबार, भदौ ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्