Kathmandu Press

काम गर्ने र गरिखाने वातावरण बनाउन पार्टीले ध्यान दिनेछ : प्रकाशमान सिंह

बिहीबार नेपाली कांग्रेस काठमाडौ क्षेत्र नम्बर ३ मा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले पार्टीभित्र अन्यायमा परेको आवाज उठिरहेको भन्दै उनले सबैलाई समान अवसर प्रदान गरी व्यवस्थापन गर्न पनि ध्यान दिने समेत बताए।
काम गर्ने र गरिखाने वातावरण बनाउन पार्टीले ध्यान दिनेछ : प्रकाशमान सिंह

काठमाडाैं, भदाै ७ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काम गर्ने र गरिखाने वातावरण बनाउन पार्टीले ध्यान दिने बताएका छन्।

बिहीबार नेपाली कांग्रेस काठमाडौ क्षेत्र नम्बर ३ मा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले पार्टीभित्र अन्यायमा परेको आवाज उठिरहेको भन्दै उनले सबैलाई समान अवसर प्रदान गरी व्यवस्थापन गर्न पनि ध्यान दिने समेत बताए।

केही हुँदै भएन र पुराना पार्टीहरुले काम गरेनन् भन्नेहरुको पछि नलाग्न आग्रह गर्दै उनले २०४६ साल पछिको विकास र प्रगति कांग्रेसकै नेतृत्वमा भएको दाबी गरे।

उनले नेपालको प्रजतान्त्रिक र लोकतान्तित्रक आन्दोलनका साथै परिवर्तनमा कांग्रेसले इतिहास रचेकै भएर इतिहासको कुरा गरेको बताए। तर इतिहासको कुरासँगै कांग्रेसले जन चाहाना अनुरुप वर्तमान समय अनुसारको आफ्ना कार्यक्रम जनतामा लिएर जाने पनि नेता सिंहले बताए।

अब देश बिकास र आर्थिक क्रान्ति कांग्रेसको मूल एजेन्डा हुनुपर्ने भन्दै नेता सिंहले जनताले अनुभव गर्नेगरी काम हुनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १५:२३ बजे, बिहीबार, भदौ ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्