Kathmandu Press

इन्जिनियरिङ स्नातकको अस्वाभाविक शुल्क वृद्धि फिर्ता लिन सांसद पाैडेलकाे माग

त्रिभुवन विश्वविद्यालय (त्रिवि) इन्जिनियरिङ अध्ययन संस्थानले इन्जिनियरिङको स्नातक तहको शुल्क २ लाख ८० हजारबाट बढाएर ७ लाख ७७ हजार पुर्‍याइएपछि उनले सदनमा आवाज उठाएका हुन्।
इन्जिनियरिङ स्नातकको अस्वाभाविक शुल्क वृद्धि फिर्ता लिन सांसद पाैडेलकाे माग

काठमाडौं, भदौ ७ : कांग्रेस सांसद प्रदीप पौडेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि) इन्जिनियरिङ अध्ययन संस्थानले इन्जिनियरिङको स्नातक तहको शुल्क अस्वाभाविक रूपमा बढाइएकाे भन्दै फिर्ता लिन माग गरेका छन्।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) इन्जिनियरिङ अध्ययन संस्थानले इन्जिनियरिङको स्नातक तहको शुल्क २ लाख ८० हजारबाट बढाएर ७ लाख ७७ हजार पुर्‍याइएपछि उनले सदनमा आवाज उठाएका हुन्।

प्रतिनिधिसभाको बिहीबारकाे बैठकमा शुल्क वृद्धिप्रति आपत्ति जनाउँदै उनले भने, ‘शुल्क वृद्धि २०० प्रतिशत गरिएको छ। जुन ढंगबाट शुल्क वृद्धि गरिएको छ। त्यो अस्वाभाविक छ।’ त्रिवि भद्रगोल तरिकाले चलिरहेकाले सुधारका लागि शिक्षामन्त्रीले श्वेततपत्र जारी गर्नुपर्नेमा जाेड दिए।

इन्जिनियरिङ अध्ययनका लागि गरिएको शुल्क वृद्धिको नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, विरोध गरेका छन्। उक्त अध्ययन संस्थानअन्तर्गत उपत्यकामा पुल्चोक, थापाथली र काठमाडौं बाहिर पोखरा, धरान, चितवनमा क्याम्पसहरु सञ्चालनमा छन्।

प्रकाशित मिति: १५:१४ बजे, बिहीबार, भदौ ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्