Kathmandu Press

डा. कार्कीको निधनमा कांग्रेसले आज र भोलि झन्डा आधा झुकाउने

केन्द्रीय समितिको बिहीबार बिहान बसेको आकस्मिक बैठकले दुई दिन भदौ ७ र ८ गते केन्द्रीय र जिल्ला कार्यालय बन्द गर्ने निर्णय गरेको हो।
डा. कार्कीको निधनमा कांग्रेसले आज र भोलि झन्डा आधा झुकाउने

काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसले नेता डा. राजाराम कार्कीको निधनमा आज (बिहीबार) र भोलि (शुक्रबार) पार्टी झन्डा आधा झुकाउने भएको छ।

केन्द्रीय समितिको बिहीबार बिहान बसेको आकस्मिक बैठकले दुई दिन भदौ ७ र ८ गते केन्द्रीय र जिल्ला कार्यालय बन्द गर्ने निर्णय गरेको हो। ६६ वर्षका कार्कीको बुधबार निधन भएको थियो। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ।

धादिङ नीलकण्ठ नगरपालिका निवासी नेपाली कांग्रेस धादिङका महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्वमहासचिवसमेत रहेका स्व. कार्कीका दुई श्रीमती, चार छोरा र एक छोरी छन्।

पार्टी प्रतिबन्धित भएको समयमा विसं २०३० मा नेपाल विद्यार्थी संघ धादिङको जिल्ला अध्यक्ष बनेका डा। कार्की २०३७ सालमा नेविसंघ महाराजगन्ज क्याम्पसको अध्यक्ष बनेका थिए।

२०४३ सालमा महाराजगञ्ज क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति, विसं २०५३ मा नेपाली कांग्रेस धादिङको जिल्ला सचिव, विसं २०५४ मा तरुण दलको केन्द्रीय महासचिव, विसं २०५८ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य र विसं २०६४ मा धादिङ क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए। कार्की अघिल्लो कार्यकालमा बागमती प्रदेशमा सांसद बनेका थिए। 

प्रकाशित मिति: १३:०० बजे, बिहीबार, भदौ ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्