Kathmandu Press

बारा बस दुर्घटना : मृतक सातै जनाको सनाखत [अपडेट]

दुर्घटनामा महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित, भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६५ वर्षीया मीरादेवी सिंह, ६० वर्षीया सत्यवती सिंह, ७० वर्षीय राजेन्द्र चतुरवेदी, ६५ वर्षीय श्रीकान्त चतुरवेदी र ६७ वर्षीया वैजन्ती देवीको मृत्यु भएको छ।
बारा बस दुर्घटना : मृतक सातै जनाको सनाखत [अपडेट]

बारा, भदौ ७ : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा बिहीबार बिहान तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको पहिचान खुलेको छ।

दुर्घटनामा महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित, भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६५ वर्षीया मीरादेवी सिंह, ६० वर्षीया सत्यवती सिंह, ७० वर्षीय राजेन्द्र चतुरवेदी, ६५ वर्षीय श्रीकान्त चतुरवेदी र ६७ वर्षीया वैजन्ती देवीको मृत्यु भएको प्रहरीले जनाएको छ।

बसमा चालकसहित २६ यात्रु सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा १७ जना घाइते भएका छन्। घाइतेहरुको हेटौंडा अस्पताल, सञ्चो अस्पताल, चुरेहिल अस्पताल र चितवनस्थित पुरानो मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको छ।

दुर्घटनापश्चात् बसका चालक, सहचालक र अन्य एक जना सम्पर्कमा नआएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुको खोजी गरिरहेको छ।  

काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बिहीबार बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई मन्दिरबाट एक सय मिटर दक्षिणतर्फ दुर्घटना भएको थियो। बस खोलामा खसेको थियो।

प्रकाशित मिति: ०९:५५ बजे, बिहीबार, भदौ ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्