कोशी प्रदेश सभाको चालु अधिवेशन अन्त्य
बुधबार राति ८ बजे बसेको मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार प्रदेश प्रमुख खापुङले अधिवेशन अन्त्य गरेका हुन्।
मोरङ, भदौ ७ : कोशी प्रदेश सभाको चालु अधिवेशन आजदेखि अन्त्य भएको छ। प्रदेश प्रमुख परशुराम खापुङले बुधबार मध्य राति १२ बजेदेखि प्रदेश सभाको तेस्रो अधिवेशनको अन्त्य गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले संविधानको धारा १८३ को उपधारा २ बमोजिम कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख खापुङ्गले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरेको जनाएका छन्।
बुधबार राति ८ बजे बसेको मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार प्रदेश प्रमुख खापुङले अधिवेशन अन्त्य गरेका हुन्।
असार १४ गते सुरू भएको तेस्रो अधिवेशनमा पाँचवटा बैठक मात्र बस्न सक्यो।
जेठ ३२ गते अध्यादेशबाट ल्याइएको बजेट खारेज गरेर अध्यादेशबाटै पुनः बजेट ल्याउने प्रयोजनका लागि प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य भएको हो।बिहीबारै जेठ ३२ गते अध्यादेशबाट ल्याएको बजेट खारेज गरेर अध्यादेशबाटै नयाँ बजेट ल्याउने तयारी सरकारको छ।