Kathmandu Press

तीर्थयात्री बोकेको बस बारामा दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौंबाट जनकपुर जाँदै गरेको प्रदेश २–०३–००१ ख ७९९४ नम्बरको बस दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 
तीर्थयात्री बोकेको बस बारामा दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौं, भदौ ७ : भारतीय तीर्थयात्री बोकेको बस बाराको जितपुरसिमरा उपमहानगरपालिका २२ चुरियामाईमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। 

काठमाडौंबाट जनकपुर जाँदै गरेको प्रदेश २–०३–००१ ख ७९९४ नम्बरको बस दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

मृत्यु हुनेमा एकजना नेपाली रहेको खुलेको छ। अन्यको सनाखत हुन बाँकी छ। 

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र यसबारे अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति: ०८:०५ बजे, बिहीबार, भदौ ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्