Kathmandu Press

तनहुँका दिदीबहिनीको मौलिक तीज गीत सार्वजनिक

प्रत्येक वर्ष तीजको वास्तविक महत्वलाई झल्काउन तनहुँका दिदीबहिनीहरु सामूहिक भेला भयर गीतको सिर्जना गर्ने गरेका हुन्।
तनहुँका दिदीबहिनीको मौलिक तीज गीत सार्वजनिक

काठमाडौं, भदौ ६ : हिन्दु नारीहरुको महान पर्व तीज नजिकिँदै छ। तीजको अवसर पारेर गीतहरु बजारमा आउने क्रम बढ्दो छ। तर, बजारमा आउने गीतहरु बास्तविक तीजका गीत जस्तै लाग्दैनन्। तीजमा विकृति बढ्दो छ।

यसरी बढ्दो विकृतिलाई निरुत्साहित गर्दै तनहुँका दिदीबहिनीहरुले तीजको बास्तविक भाकामा गीत तयार गरेका छन्। प्रत्येक वर्ष तीजको वास्तविक महत्वलाई झल्काउन तनहुँका दिदीबहिनीहरु सामूहिक भेला भयर गीतको सिर्जना गर्ने गरेका हुन्।

यस वर्ष उनीहरुको समूहले प्रदेशिएका छोराछोरी प्रति आमाबाबुको गुनासो र आमा छोरी विशेष तीज गीत सार्वजनिक गरेका हुन्। सार्वजनिक गीतमा विदेसिएका छोराछोरीसँग बुबाआमाले गर्ने गरेका गुनासोको बारेमा चर्चा गरिएको छ।

गीतले समाजमा समसामयिक बिषयको चित्रण गरेको छ। मोती डिजिटल स्टुडियोले तयार पारेका गीतमा शब्द सीता सिग्देलले लेखेकी हुन्। दुबै गीतमा गायिका प्रमिला सिग्देल लगायतको स्वर छ।

तीजको मौलिक गीतहरु हराउँदै गएकोले टिपिकल तीजका गीतहरु कस्ता हुन्छन् भन्ने नयाँपुस्ताले नबिर्सुन भनेर नै आफूहरुले सामूहिक रुपमा यस्ता गीतको सिर्जना गर्दै आएको गायिका सिग्देलले बताइन्।

प्रकाशित मिति: १८:१२ बजे, बुधबार, भदौ ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्