सुन प्रकरणमा गठन गरिने आयोग र सरकारी निकायले गर्ने छानविनमा आशंका छ : रास्वपा अध्यक्ष लामिछाने
बुधबारको प्रतिनिधिसभा बैठकमा उनले विगतमा आयोगहरुले गरेको छानबिनले दोषीमाथि कारबाही नभएको भन्दै सुशासनको विषय शक्तिशालीसम्म नपुग्दासम्म मात्रै हुनसक्ने बताए।
काठमाडौं, भदौ ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन प्रकरणमा गठन गरिने आयोग र सरकारी निकायबाट छानबिन निष्पक्ष हुनेमा शंका रहेको बताएका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा उनले विगतमा आयोगहरुले गरेको छानबिनले दोषीमाथि कारबाही नभएको भन्दै सुशासनको विषय शक्तिशालीसम्म नपुग्दासम्म मात्रै हुनसक्ने बताए।
‘विगतमा छानविन समितिको राम्रो उदाहरण छैन, यसपटक त्यस्तो नहोस्। समाजले राम्रोसँग बुझेको छ। तर शंकाको सुविधा दिनुपर्ने हुन्छ,’ उनले भने, ‘धितोपत्र बोर्डको विषयमा भएको अनुसन्धान बाहेक कारबाही भएको थाहा छैन।’
सुन तस्करी प्रकरणको अनुसन्धान नवयुवराजहरुमा आयो भने रोकिने त होइन भनेर प्रश्न गरे गर्दै उनले ललिता निवास र भुटानी शरणार्थी प्रकरणजस्तो सुन प्रकरणको छानविन पनि अड्किने त होइन भनेर शंका गरे।
लामिछानेले सुशासन कायम गर्नुपर्ने निकायलाई निकम्मा बनाइएको भन्दै गुनासो पनि गरे । ुउनले भने, ‘सुशासनको कुरा गर्दा हामीले राज्यका निकायहरुलाई कसरी निकम्मा बनाएका छौं । गौंडागौंडमा आफ्नो मानिस भर्ना गरेका छौं।’











