गिरीबन्धु टी स्टेटको जग्गा विवादमा छानविन आवश्यक छैन : अध्यक्ष ओली
अध्यक्ष ओलीले गिरिबन्धु टी स्टेटको करिब २८० बिगाहा जग्गा सट्टापट्टा गर्ने तत्कालीन सरकारको निर्णयका विषयमा छानविन गर्न जरुरी नभएको तर छानविन गर्न मन लागे गर्न सुझाव सुझाव दिए।
काठमाडौं, भदौ ६ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको गिरीबन्धु टी स्टेटको जग्गाको विषयमा छानविन अवश्यक नभएको बताएका छन्।
बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले गिरिबन्धु टी स्टेटको करिब २८० बिगाहा जग्गा सट्टापट्टा गर्ने तत्कालीन सरकारको निर्णयका विषयमा छानविन गर्न जरुरी नभएको बताए । तर छानविन गर्न मन लागे गर्न सुझाव उनले सुझाव दिए।
अध्यक्ष ओलीले विना कानुन जग्गा सट्टापट्टा गर्ने गरिएपछि एमाले सरकारले कानून बनाएर व्यवस्थित काम गर्ने गरेको जिकिर गरे। उनले सरकार लचिलो भएर सदन खुलाउन तयार भएको भन्दै धन्यवाद दिए ।
सुन तस्करी सधैंका लागि अन्त्य गर्न र निष्पक्ष छानविन गर्न सरकार तयार नभएकै कारण लामो समय सदन अवरुद्ध भएको भन्दै ओलीले अहिले एमालेले पनि सम्झौता गर्नुपरेको तर्क गरे। ओलीले स्तरहीन मान्छेहरुले सुन तस्करी प्रकरणमा आफुलाई जोड्ने प्रयास गरेको पनि बताए।











