Kathmandu Press

‘सिआईबीको छानविन राजनीतिबाट प्रभावित भयो’

उनले सिआईबीको गाडी अनुसन्धानको ठीक दिशामा गइरहेको बेला अचानक गाडी मोडिने गरेको बताए।
‘सिआईबीको छानविन राजनीतिबाट प्रभावित भयो’

काठमाडौं, भदौ ६ : नेकपा एमालेका सांसद योगेश भट्टराईले सुन तस्करी, ललिता निवास र नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्युरो (सिआईबी)को छानबिन राजनीतिबाट प्रभावित भएको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सिआईबीको अनुसन्धान ठीक दिशातिर गइरहेको बेला अचानक अर्कैतिर लाग्ने गरेकाले एमालेले छानबिन आयोगको माग गरेको बताए। उनले सिआईबीको गाडी अनुसन्धानको ठीक दिशामा गइरहेको बेला अचानक गाडी मोडिने गरेको बताए।

एमालेले राज्यका कुनै निकायलाई पनि अविश्वास नगरेको तर सीआईबी र एमालेबीच अविश्वास पैदा गर्न खोजेको उनले बताए । ‘एमाले र सिआईबीबीचमा केही अविश्वास सिर्जना गर्ने कोसिस भयो । एमालेले राज्यका कुनै निकायप्रति अविश्वास गर्दैन,’ उनले भने, ‘ललिता निवासमा सीआईबीको गाडी ठीक ठाउँमा पुगिरहेको हुन्छ । जब ठूलाहरूलाई समातिनुपर्ने हुन्छ, गाडी मोडिन्छ। हामीलाई झस्का पस्यो।’

इलेक्ट्रिक सिगरेटको बारेमा ठूला नेताको नाम जोडिएर समाचार पत्रिकामा आएको बताउँदै उनले ठूला नेताका नाम आउनै वित्तिकै सिआईबीले अनुसन्धान नगरेको बताए । उनले. भुटानी शरणार्थी प्रकरणको छानबिन गरिरहेका प्रहरी अधिकृतहरूलाई अचानक सरुवा गरिएको बताए ।

‘सीआईबीलाई स्वतन्त्रतापूर्वक छानबिन गर्न दिइएको छैन, हामीले त्यो बुझ्यौं। उसप्रति अविश्वास गरेको होइन । अदालतप्रति हाम्रो अगाध स्नेह छ, विश्वास छ । अख्तियारप्रति अगाध विश्वास छ, स्नेह छ, उनले भने ।

प्रकाशित मिति: १७:०४ बजे, बुधबार, भदौ ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्