Kathmandu Press

उपप्रधानमन्त्री खड्काद्वारा दलहरूबीचको दुई बुँदे सहमतिबारे सदनमा जानकारी

उपप्रधानमन्त्री खड्काद्वारा दलहरूबीचको दुई बुँदे सहमतिबारे सदनमा जानकारी

काठमाडाैं, भदाै ६ : उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले दलहरुबीच भएको दुई बुँदे सहमतिबारे जानकारी गराएका छन्।

दलहरुबीच सुन तस्करी सम्बन्धमा उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति भएसँगै प्रतिनिधिसभाको गतिरोध अन्त्य भएपछि सञ्चालन भएकाे बैठककाे सुरुमै खड्काले दलहरुबीच भएको दुई बुँदे सहमतिबारे जानकारी गराएका हुन्।

सुन तस्करी प्रकरणको छानबिनका लागि असोजमा छानबिन आयोग गठन गर्ने सहमतिसँगै संसद् अवरोध हटेको हो। उनले प्रधानमन्त्रीको पहलमा निरन्तर रुपमा सदन सूचारु गर्न विभिन्न चरणमा छलफल संवाद गर्दे सहमतिमा उभिएको उनले बताए।

उनले सहमतिसंगै संसद्ले नेपाली जनताको सरोकार र विषयमा निकास दिँदै जाने वातावरण तयार भएको जिकिर गरे। एमालेको अवरोधका कारण साउन १० देखि प्रतिनिधिसभाको बैठक अवरुद्ध हुँदै आएको थियो। 

प्रकाशित मिति: १६:२९ बजे, बुधबार, भदौ ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्