Kathmandu Press

प्रधानमन्त्री दाहालद्वारा धादिङ बस दुर्घटनाप्रति दुःख व्यक्त

उक्त दुर्घटनामा मृत्यु भएका यात्रुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले उद्धार कार्य प्रभावकारी बनाउन निर्देशन दिएको हो ।  
प्रधानमन्त्री दाहालद्वारा धादिङ बस दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ, भदौ ६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धादिङको गजुरीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। 

आज काठमाडौंबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–२ को राजमार्गबाट त्रिशूली नदीमा खस्दा आठ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा मृत्यु भएका यात्रुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले उद्धार कार्य प्रभावकारी बनाउन निर्देशन दिएको हो ।  

'सवारी दुर्घटनामा परी ज्यान गुमाउनु हुने मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरुमा समवेदना प्रकट गर्दछु,' प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत समवेदना प्रकट गरेका छन्, 'घाइते यात्रुहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार कार्य प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अङ्ग र स्थानीय प्रशासनलगायत सम्बन्धित सबैलाई निर्देशित गर्दछु।' 

उनले घाइते यात्रुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

प्रकाशित मिति: १५:२५ बजे, बुधबार, भदौ ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्