सुन तस्करी नियन्त्रणका लागि सुझाव दिन असाेजमा जाँचबुझ आयोग बनाइने
बुधबार सिंहदरबारमा दलहरूबीच भएको छलफलमा अर्को महिना असोज ५ गते सरकारले आयोग बनाउने र त्यही दिनदेखि आयोगले काम प्रारम्भ गर्ने सहमित भएकाे हाे।
काठमाडौं, भदौ ६ : संसदमा रहेका प्रमुख दलहरुबीच सुन तस्करीबारे छानबिन गरी सुझाव दिन जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ।
बुधबार सिंहदरबारमा दलहरूबीच भएको छलफलबाट पटकपटकको सुन तस्करीका सम्वन्धमा भएका छानविन अनुसन्धानबारे समेत अध्ययन गरि सुझाव सहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग ऐन २०२६ बमोजिम असोज ५ गते सरकारले आयोग गठन गरि त्यसै दिनदेखि कार्य प्रारम्भ गर्ने सहमति भएको हो।
आयोगले विदेशबाट बिधुतिय सिगरेटमा सुन राखी तस्करी गरिएको, साउन २ ब्रेकसुमा राखि तस्करी गरिएको सुन लगाएतको बिषयलाई गम्भीरतापूर्वक दिई स्वतन्त्र र निष्पक्ष छानविन गर्ने दलहरुबीच सहमति भएको छ।
त्यस्तै साउन २ गतेको सुन तस्करी प्रकरणमा प्रहरीको सीआइबीले निष्पक्ष अनुसन्धान, छानविन गरि सुन तस्करीमा संलग्न व्यक्तिहरुलाई अभियोजन गर्ने सहमति भएको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए। आयोगको कार्याविधि सरकारले नै बनाउने उनले बताए।
त्यस्तै एमाले प्रमुख सचेतक पदम गिरिले सुन तस्करी प्रकरणमा छानविन आयोग गठन गर्ने सहमति भएको भन्दै सुन तस्करी नियन्त्रणका लागि आवश्यक सुझाव दिने बताए। आयोगको सुझाव प्रतिवेदनलाई सरकारले कार्यान्वयन गरे भविष्यमा देशमा सुन तस्करी मुक्त हुने उहाको भनाइ छ । उहाले तथ्य र प्रमाणले भेट जोसुकैलाई पनि कारवाहीको दायरामा ल्याउन सक्ने धारणा राखे।
सुनतस्करी प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने माग राख्दै साउन १० देखि एमालेले सदन अवरुद्ध गर्दै आएको छ।












