दलहरुबीच सहमति, संसदको गतिरोध अन्त्य हुने
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको राष्ट्रिय दलका नेताहरुबीच दुई बुँदे सहमति भएपछि सदन सुचारु हुने भएको हो।
काठमाडौं, भदौ ६ : आजदेखि संसदको गतिरोध अन्त्य हुने भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको राष्ट्रिय दलका नेताहरुबीच दुई बुँदे सहमति भएपछि सदन सुचारु हुने भएको हो।
बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरुबीच उपस्थित थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा दुई बुँदे सहमति जुटिसकेको र हस्ताक्षर गर्ने तयारी भइरहेको बताइएकाे छ।
उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ। संसदको बैठक आजै ३ बजेका लागि बोलाइएको छ।
प्रकाशित मिति: १३:५५ बजे, बुधबार, भदौ ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











